काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ । इण्डियन आयल कर्पाेरेशन (आईओसी) बाट नै मूल्य बढ़ेर आएकोले मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा, डिजलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनतर्फ ६ रुपैयाँ ८८ पैसा मूल्य बढ़ेर आएको भएको छ ।उद्यपी, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजलमा ४ रुपैयाँ बढ़ाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढ़ाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ़ाएको छ भने मट्टितेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढ़ाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।