Skip to content

सरकारी कर्मचारीहरुलाई धूम्रपान र मदिरापानमा कडाई !

nmb bank inside

काठमाडौँ । अब सरकारी कर्मचारीहरुले कार्यालय वा सार्वजनिक स्थानहरुमा धूम्रपान र मध्यपान सेवन गर्न नपाउने भएका छन् । बालेन नेतृत्वको सरकारले सरकारी कर्मचारीहरुलाई  धूम्रपान र मदिरापान जस्ता गतिविधिबाट टाढा राख्ने उद्देश्यले यसको कडा आचारसंहिता लागू गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन, जुवातास खेल्ने, धूम्रपान गर्ने लगायतका अमर्यादित क्रियाकलाप गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ।

यो संगै अब सरकारी कर्मचारीहरुले कार्यालय , सार्वजनिक स्थल लगायतका ठाँउहरु धूम्रपान र मदिरापान जस्ता चिजहरुको सेवन गर्न नपाउने भएका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्