काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको भन्दै पुन: परिक्षा गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनका क्रममा वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो । २२ गते र २३ गतेका परीक्षाहरुको उत्तरपुस्तिका सुरक्षित राख्ने हिसाबले प्रहरी चौकीमा राखिएको थियो। तर जेनजीहरुले प्रहरी चौकीमा आगजनी गरेपछि उत्तरपुस्तिका हरु पनि जलेर नष्ट भएका हुन्।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेक बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो ।सम्बन्धित परीक्षा केन्द्र तथा सो केन्द्रमा परेका क्याम्पसहरुले आ-आफ्ना विद्यार्थीहरुलाई उक्त दिनहरुका परीक्षा पुनः दिनु पर्ने बल्खुले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्