Skip to content

पाँच देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न

nmb bank inside

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न भएको छ।

सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को मंगलबार सिंहदरबारमा बसेको १९औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको हो।

समितिले जर्मनीका लागि प्रस्तावित सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ गरेको हो।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूको योग्यता, अनुभव, कूटनीतिक कार्ययोजना तथा अवधारणाबारे छलफल गरिएको छ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्