Skip to content
nabil bank inside

बुधबार घट्यो सुनको मूल्य,चाँदीको बढ्यो

nmb bank inside

काठमाडौँ। बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। सो गिरावट सँगै  यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्