विज्ञापनलाई समाचारको रुप दिएर प्रकाशन / प्रशारण गर्न नपाइने कानुन भए पनि सो कानुनको धज्जी उडाउँदै ब्लिज मिडिया नामक विज्ञापन एजेन्सीले सिद्धार्थ बैंकको विज्ञापनलाई समाचारको रुप दिएर आफुले विज्ञापन व्यवसाय गरिरहेका मिडियाहरुलाई समाचार हाल्न मौखिक दबाब दिएर लिखित इमेल पठाएको खुलासाको समाचार अर्थ खबरले सार्वजनिक गरेको थियो ।
काठमाडौँ । ब्लिज मिडियाका कर्मचारी सोम श्रेष्ठले सिद्धार्थ बैंकको प्रचारका नाममा विज्ञापन एजेन्सीले गैरकानुनी काम गरेको विषयमा अर्थ खबरले सार्वजनिक गरेको खबर हटाउन श्रेष्ठले दबाब दिएका छन् । उनले आफुबाट गल्ती भए पनि आफ्नो विज्ञापन एजेन्सीको बदमासीबारे बाहिर कुरा आउँदा क्लाइण्टका अगाडी गाह्रो हुने भन्दै समाचार हटाईदिन दबाब दिएका हुन् ।
उनले आफ्नो विज्ञापन एजेन्सीका कर्मचारीले गलत काम गरेको भने स्वीकारेका छन् । यद्यपी एक पटकको गल्ती छाडिदिन भन्दै उनले समाचार हटाउन दबाब दिएका हुन् ।
अर्थ खबरलाई सम्पर्क गर्दै उनले आफ्नो अनुमति विना समाचार प्रकाशन गर्न नपाइने भन्दै पत्रकारिताको कतै नभएको नियम पढाउनसमेत खोजेका छन् । आफ्नो अनुमति विना आफ्नो फोटो हाल्न नपाइने भन्दै उनले त्यसलाई तुरुन्त हटाउन दबाब दिएका हुन् ।
‘गल्ती भएकै हो । यसलाई सच्याउन पनि लगाएका छौँ । तर, यो समाचार हटाईदिनुपर्यो ।’ उनले अर्थ खबरसँग भने । जवाफमा अर्थ खबरले खण्डन भए औपचारिक रुपमा खण्डन पठाउन अनुरोध गर्दै समाचार नहट्ने प्रष्ट पारेको थियो । त्यसपछि उनले अनुरोध गर्दै लेखेका मेसेजहरु पनि डिलिट गरेका थिए ।
यता विज्ञापन बोर्डले यस विषयमा अनुसन्धान सुरु गरेको छ । दोषी प्रमाणित भए एजेन्सीमाथि नगद जरिवाना र केहि समयका लागि प्रतिबन्धसमेत लाग्न सक्छ । नेपाल प्रिमियर लिगका बेला प्रतिबन्ध लागेको खण्डमा एजेन्सीलाई ठुलो घाटा लाग्न सक्ने भन्दै उनले यस विषयमा समाचार हटाईदिन दबाब दिएका हुन् ।
केहि समय अगाडी बोर्डले गैरकानुनी विज्ञापन गर्ने विज्ञापन एजेन्सीलाई ३ महिनासम्म प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवाना लगाएको थियो । ब्लिज मिडियाविरुद्धको उजुरीमा पनि यहि मागदाबी गरिएको उजुरीकर्ताले जनाएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्