काठमाडौं । दशैं, तिहार तथा छठलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागको आयोजनामा मंगलबार भएको सरोकारवाला निकायबीचको बैठकले अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो। दशैंमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ।
बैठकले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक राख्ने, टिकट काउन्टरका कर्मचारीले परिचयपत्र र युनिफर्म लगाउने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने निर्णय गरेको छ।
त्यस्तै, बढी भाडा असुली, कालोबजारी र टिकटमा अनियमितता गर्नेमाथि कडा कारबाही गरिने विभागले जनाएको छ। यात्रुवाहक सवारीमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानी अनिवार्य गर्ने तथा राजमार्गको अवस्था र दुर्घटनाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालन गर्ने निर्णयसमेत भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्