Skip to content

 मंगलबार तोलामा ५ हजार २ सयले बढ्यो सुनको मूल्य

nmb bank inside

काठमाडौँ। मंगलबार  सुनको मूल्य ह्वातै बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघला अनुसार आज सुनको मूल्य तोलामै ५ हजार २ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३११५ रुपैयाँ थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्