काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।शुक्रबार शीतल निवासमा सपथग्रहणपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दिइन् ।उनले भनिन,‘सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको छौं ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्