Skip to content

बुधबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज असुन्को मूल्य तोलामा ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यो बढोत्तरी सँगै आज सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ बढेको छ । योसँगै आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्