Skip to content

१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन उर्जाशिल भएर निस्केको छ : अध्यक्ष घिसिङ

nmb bank inside

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्र्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, सुद्द र उर्जाशिल भएर निस्केको बताए ।

उनले भने,‘उज्यालो पार्टी गठन भएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठूलो लहर र ठूलो विश्वासकासाथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नुपर्यो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो । त्यो अध्यारो सुरुङभित्र १२ दिनसम्म बस्दा हामीले धेरै ठूलो क्षति व्यहोर्न पर्यो । आज त्यो हिलोबाट हामी सफा, शुद्ध र उर्जाशिल भएर निस्केका छौं । ’

त्यस्तै उनले आफूहरुलाई षड्यन्त्रपूर्वक ढंगले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गराइएको आरोप लगाए । २० देखि २५ लाख समानुपातिक मत आउने दाबी गर्दै उनले उम्मेद्वारी दर्ता गर्न पाउने व्यवस्थाको लागि माग गरे ।

‘हामीलाई षड्यन्त्रपूर्वक ढंगले जुन हिसाबले हामीलाई भर्खर जन्मेको पार्टीले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गाराइयो । त्यो हाम्रो गम्भीर आपत्तिको विषय छ । अहिले पनि हामी माग गर्छौं, उम्मेद्वारी दर्ता गर्न दिनुपर्छ । यसमा जोडदार माग गर्छु । हामीलाई उम्मेद्वारी दर्ता गर्न नदिने हो भने आगामी दिनमा आन्दोलन पनि गर्नेछौं । हाम्रो २० देखि २५ लाख समानुपातिक मत आउँछ भन्ने आँकलन छ ।’

त्यस्तै अध्यक्ष घिसिङले अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि नझुक्ने दाबी गरे । पार्टीलाई देशकै नम्बर वान बनाउने बताउँदै उनले विश्वासिलो पार्टीको रुपमा उभिने पनि विश्वास व्यक्त गरे ।
उनले भने,‘अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि झुक्दैन । कहिल्यै कुनै पार्टीसँग एकीकरण र मर्जर भन्ने हुँदैन । तर हाम्रो पार्टीसँग आवद्ध हुन आउँछ भने आव्हान गछौं । यो पार्टीलाई देशकै नम्बर वान बनाउने छौं । उज्यालो नेपाल पार्टी एउटा विश्वासिलो पार्टीको रुपमा उभिने छ ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्