Skip to content

एकैदिन ६ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। केहि दिन देखि लगातार घटिरहेको सुनको मूल्य आज बुधबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्