Skip to content

नयाँ वर्षमा बसन्तपुरमा चहलपहल, पर्यटकको भीड बढ्यो (तस्विरहरू)

nmb bank inside

काठमाडौं । नयाँ वर्षको अवसरमा बसन्तपुरमा पर्यटकको भीड बढेको छ । पर्यटकीय गन्तव्यका रूपमा परिचित बसन्तपुरमा पर्यटकहरूको निकै  बाक्लो उपस्थिति र चहलपहल देखिएको हो ।

नयाँ वर्षको पहिलो दिनको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकहरूले बसन्तपुर क्षेत्रको वातावरणलाई उत्साहपूर्ण र जीवन्त बनाएका छन् । आफ्ना परिवारसँग रमाउन बसन्तपुर आएका पर्यटकहरूले यस छेत्रलाइ अझै मनमोहक बनाउनुका साथै सांस्कृतिक जीवन्तता र पर्यटन सम्भावनालाई उजागर गरेका छन्  ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रमा यहाँको सांस्कृतिक सम्पदा, वास्तुकला र परम्परागत जीवनशैली नजिकबाट अनुभव गर्न स्थानीय बासिन्दादेखि विदेशी पर्यटकसम्मको भिड देखिएको छ । साथै , नयाँ वर्षको अवसर पारेर आयोजना गरिएका विभिन्न सांस्कृतिक कार्यक्रमहरूले बसन्तपुर क्षेत्रलाई अझ आकर्षक बनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्