Skip to content

आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै , आज चाँदीको मूल्य पनि घटेको छ।  आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्