काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीलाई वालेन्द्र शाहलाई तत्काल देशद्रोहको अभियोगमा पक्राउ गर्न माग गरेको छ। प्रधानमन्त्रीको सिमा विवाद बारे अभिव्यक्तिले राष्ट्रिय हित, परराष्ट्र नीति तथा नेपालको कूटनीतिक अडानसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरू उठाएको उनीहरुको आरोप छ।
सार्वजनिक पदमा रहेका व्यक्तिहरूका अभिव्यक्तिहरू संविधान, राष्ट्रिय हित र कूटनीतिक मर्यादासँग मेल खाने हुनुपर्ने जेनजी मुभमेन्टको भनाई छ। प्रधानमन्त्रीको हैसियतमा सार्वभौम संसदमा उक्त कुरा राख्नु नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथिको नाङ्गो प्रहार भएको उनीहरुको आरोप छ।
जेनजी मुभमेन्ट नेपालले तत्काल प्रदर्शनमा उत्रिन, आजै प्रधानमन्त्री निवास बालुवाटारलाई घेराउ गर्नका लागी देशैभरि रहेका सबैलाई तत्काल प्रदर्शनमा उत्रिन आह्वान समेत गरेका छन् ।
जेनजी मुभमेन्टले प्रधानमन्त्रीको पदमा रहँदा देशको भूभाग गुम्ने, राष्ट्रियता खतरामा पर्ने र देश आपसी गृहयुद्ध साथै छिमेकीसँग द्वन्दमा जानसक्ने खतरा प्रति सचेत रहन देशवासीलाई आह्वान गरेको छ । जेन्जी आन्दोलनमा सिंहदरबार ,शितल निवास, सर्वोच्च अदालत लगायत देश जलाउनुमा बालेन्द्र शाहको प्रमुख भूमिका रहेको समेत जेनजी मुभमेन्टले आरोप लगाएको छ ।
साथै सुरक्षा निकायलाई पनि देशमा उत्पन्न हुन सक्ने विषम परिस्थितिको लागि तयार रहन जेनजी मुभमेन्टले सचेत गराएको छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्