Skip to content

एनआईसीका ACEO मात्र प्लस टु पास, मास्टर्स गरेकाहरुलाई गर्छन् शासन, ‘पीएचडी गरेकाहरु पढाई भन्नै लजाउँछन्’

nmb bank inside

काठमाडौँ । प्लस टुको परीक्षा केहि दिन अघि मात्र सकिएको छ । धेरै अभिभावकहरु अव उच्च शिक्षाका लागि छोराछोरीलाई कहाँ र के पढाउने भन्ने ध्याउन्नमा छन् । प्लस टु सकेकाहरु कति बिबिए पढ्ने सोचमा छन्, कोहि बिबिएस । कोहि सिए पढ्न सके बैंकमा राम्रो जागिर पाइन्छ भन्नेमा छन् । तर सुन्दा पनि अचम्म लाग्ने कुरा के छ भने प्लस टु मात्र पास गरेका, ब्याचलर पास गर्न  व्यक्ति एनआईसी एशिया बैंकमा असिस्टेन्ट सीइओ छन् । हो, एनआईसी एशिया बैंकका असिस्टेन्ट सीइओ जयन्द्र रावलले मात्र प्लस टु पढेका छन्, तर उनले जनताको अरवौं रकमको सुरक्षाको जिम्मा पाएको एनआईसी एशिया बैंक सम्हालिरहेका छन् ।

पढाईले मिल्ने भएको भए यिनी बैंकको सीइओ उहिल्यै हुन्थे । आफ्नो पढाई मात्र प्लस टु भएकै कारण, उनले सुजित शाक्यलाई बैंकमा ल्याउन खुब प्रयास गरे । उनका सहकर्मीहरु भन्छन्- ‘सिए रोशन न्यौपानेलाई प्लस टु वाला जयन्द्रले कसरी ठेगान लगाउँछ हेर्दै जाओ भन्थे जयन्द्र, आखिर भयो त्यस्तै ।’ जयन्द्रले त्यसो भने वा भनेनन् भन्ने विषय भन्दा पनि देशकै ठुलो बैंकको असिस्टेन्ट सीइओ जस्तो जिम्मेवारीमा जयन्द्रको पढाईले पुग्छ भन्ने प्रश्न उठेको छ ।


कतिपयले तर्क गर्छन्, पढेर मात्र हुन्छ र दिमाग चाहियो नि । तर यो बैंकको जागिर हो, यहाँ दिमागसँगै पढाई पनि त चाहिने होला । अनि बैंकको जागिर पाइन्छ भनेर मास्टर्स सकेकाहरुमाथि यो अन्याय भएन ? अनि त्यहि प्लस टु मात्र पास भएकोले मास्टर्समा ए ग्रेड ल्याउनेहरुलाई तिमीलाई अहिले इण्ट्रनमा राख्छु भन्दा अनि त्यो युवा देशमा बस्छ होला त ?

पढाई नभए पनि, कामले बैंकलाई न्याय नै गरेको भए पनि एउटा कुरा हुन्थ्यो, बैंक हिरोबाट जिरोसम्म आईपुग्दा रोशन न्यौपानेसँगै त्यतिबेलाको व्यवस्थापन उतिकै जिम्मेवार थियो, र त्यसमा जयन्द्रको भूमिका पनि उतिकै थियो । कतै सिए रोशन न्यौपाने र प्लस टु जयन्द्र रावलको बीचमा कुरा नमिल्दा त्यसको मारमा आम ग्राहक र सेयरधनी परेका त होइनन् ? कुरा गम्भीर छैन र ?

नेपाल राष्ट्र बैंकले सीइओ हुन न्युनतम स्तानक तोकेको छ । नियामकले पढाईको महत्व भएर त यो नियम तोकेको होला । अव सीइओ हुन स्नातक पास गरेको हुनुपर्ने भए, असिस्टेन्ट सीइओ हुनचाहिं प्लस टु मात्र पढेको भए पनि हुन्छ ? भोलि कसैले एनआईसी एशियाको दुर्गतिको कथा लेख्यो भने त्यहाँका असिस्टेन्ट सीइओ प्लस टुमात्र पास छन् भन्दा देशकै बेइज्जत भएन र ?

एनआईसी एशियामा थुप्रै सिएहरु छन् । मास्टर्समा गज्जबको ग्रेड ल्याएकाहरु छन् । तर तिनका हाकिम असिस्टेन्ट सीइओ जयन्द्र रावल मात्र प्लस टु पास छन् । यो त पढाईकै बेइज्जत भएन र ? जयन्द्र स्वयम् आफ्नो पढाई प्लस टु मात्र भएको स्वीकार्छन्, बैंक पनि स्वीकार्छ । तर प्लस टुवालाले मास्टर्सहरुलाई रुल गर्दा आजकल एनआईसी एशिया बैंकमा पीएचडी पढ्न थालेकाहरु पनि पढाईको कुरा गर्न लजाउँछन् । नलजाउन् पनि किन- प्लस टुवालाले जे भन्यो त्यहि मान्नु परेको छ, पीएचडीको एनआईसी एशियामा के अर्थ ? राष्ट्र बैंकको ध्यान पुगोस् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्