Skip to content

मेची राजमार्ग विवाद: आफैं बोक्सी, आफैं झाँक्री बनेपछि मेयर थापा घेराउमा !

nmb bank inside

काठमाडौँ। इलाम नगरपालिकाका मेयर केदार थापा अहिले दोहोरो चरित्रको गम्भीर भुमरीमा फसेका छन्। मेची राजमार्गको मापदण्डअनुसार १५/१५ मिटर सडक सीमा खाली गर्ने निर्णयमा सुरुमा मञ्जुरीको हस्ताक्षर गर्ने र पछि जनताको आँखामा छारो हाल्न निर्णयविरुद्ध नै उत्रिने मेयर थापाको ‘नाटक’ले इलाममा राजनीतिक र प्रशासनिक अस्थिरताको चरम सीमा पार गरेको छ।

यो ३० मिटरको नयाँ सडक विस्तारको विषय नभई, २०३४ सालमै मुआब्जा लिइसकेका जग्गाको अतिक्रमित संरचना हटाउने कानुनी प्रक्रिया हो भन्ने जान्दाजान्दै मेयर थापाले देखाएको यो कथित ‘लचकता’ विकासका लागि भन्दा पनि आफ्नो साख जोगाउने सस्तो चुनावी स्टन्ट बाहेक अरू केही होइन।

एकै व्यक्ति, एउटै विषय, तर दुई फरक धारणा-के मेयर थापा इलामको विकास रोक्ने मुख्य ‘अवरोधक’ बन्न खोजेका हुन्? आफ्नै हस्ताक्षरको अपमान गर्ने मेयरको यो भद्दा राजनीतिले गर्दा अब इलामेली जनताले स्थानीय सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउनै पर्ने भएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्