काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको हो। यो सँगै आज सुन मूल्य प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै , आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ३ सय ५ रुपैयाँले घटेको हो।यो सँगै आज चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्