काठमाडौँ। सरकारले पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई निर्देशन दिएको छ । सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न सरकारले निर्देशन दिएको हो।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो । सरकारले सुरुमा प्रति परिवार २५ हजार दिने र त्यसपछि मासिक १५ हजार दिने निर्णय गरेको थियो। सोहि अनुसार सरकारले बैंकमा खाता खोलेर पाँच दिनभित्र उक्त रकम लिएर जान निर्देशन दिएको हो।
हालसम्म सबै होल्डिङ सेन्टरमा ३८८ घरपरिवार रहेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्