काठमाडौं। अब ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही हुने भएको छ । सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने उद्देश्यले जरिवाना दर उल्लेखनीय रूपमा बढाउने प्रस्ताव अघि सारेको हो।
सरकारको नयाँ प्रस्तावअनुसार अब ट्राफिक नियम उल्लंघनमा साना गल्तीमा पनि पहिलेभन्दा धेरै गुणा बढी रकम तिर्नुपर्ने देखिएको छ । तर सरकारको यो प्रस्तावमाथि धेरैले असन्तुष्टि जनाएका छन्। कतिपयले बाटोको सुधार नगरी नियम मात्र कडा बनाउनु न्यायोचित नहुने भन्दै असन्तुष्टि जनाएका छन् ।
नेपालका अधिकांश ठाउहरुमा सडकहरुमा खाल्डाखुल्डी, धुलो, हिलो र बिग्रिएको संरचनाहरु रहँदा त्यसको व्यवस्थापन गर्नुको सट्टा सरकारले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको भन्दै सर्वसाधारणहरुले सरकारको उक्त प्रस्तावप्रति आपत्ति जनाएका हुन्। ट्राफिक जाम, अव्यवस्थित पार्किङ र वर्षायाममा सडक झन् जोखिमपूर्ण हुँदा सर्वसाधारणहरुले सास्ती खेप्नु परेको भन्दै सरकारको ध्यान पहिला सडक व्यवस्थित बनाउनेतर्फ हुनुपर्ने बताएका छन्।
सरकारको उक्त प्रस्ताब प्रति चालक तथा सर्वसाधारण हरुले सडकको अवस्था नै दयनीय रहेको अवस्थामा केवल जरिवाना बढाएर समस्याको समाधान नहुने बताइरहेका छन्। तर, सरकारले सडक दुर्घटना कम गर्ने उद्देश्यले जरिवाना बढाएको जनाएको छ।
सरकारको नयाँ प्रस्तावअनुसार ट्राफिक नियम उल्लंघनमा लाग्ने जरिवाना निम्नअनुसार रहेका छन् :
- मापसे गरेर सवारी चलाएमा २५–५० हजार रुपैयाँसम्म जरिवाना
- लेन मिचेको ,वान वेमा छिरेको ,मोबाइल प्रयोग गर्दै गाडी चलाएमा १० हजार रुपैयाँ जरिवाना
- लाइसेन्स बिना सवारी चलाएमा ५–१५ हजार रुपैयाँसम्म जरिवाना
- दर्ता भएको प्रयोजनभन्दा अन्य काममा सवारी प्रयोग गरेमा ५–१५ हजार रुपैयाँसम्म जरिवाना
- सिमाभन्दा बढी गतिमा सवारी साधन चलाएमा २५ – ५० हजार जरिवाना
- सिमाभन्दा कम गतिमा सवारी साधन चलाए ३ – ५ हजारसम्म जरिवाना
- हेल्मेट नलगाएमा करिब ३ हजार रुपैयाँ जरिवाना
- सिसा ढाकेर बाहिर नदेखिने बनाउनेलाई १ लाख रुपैयाँसम्म जरिवाना
- सडक अवरोध गर्ने गरी सामग्री वा पशु राखेमा ५–२५ हजार रुपैयाँसम्म जरिवाना
- जेब्राक्रसिङ बाहिर पैदल हिँडेमा ५०० रुपैयाँ जरिवाना
- अनुमति नलिई विदेशी सवारी साधन नेपालमा चलाए २५ हजारसम्म जरिवाना
- ओभरटेक गरे वा असुरक्षित स्थानमा ओभरटेक गरे २ हजार जरिवाना
- सवारी साधनबाट सडकमा फोहोर फाल्नेलाई १ हजार जरिवाना
- ट्याक्सीले मिटरमा जान नमाने ३ हजर जरिवाना
- दुईपाङ्ग्रे सवारी साधनले अफलाइन सेवा प्रदान गरेमा २ हजार जरिवाना
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्