Skip to content

शुक्रबार पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्