Skip to content

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

nmb bank inside

काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागको ईपीएस (EPS) कोरिया शाखाले इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो।

नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीपत्रअनुसार रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत यस वर्ष ७ हजार २ सय जनाको कोटा निर्धारण गरिएको छ। एचआरडी कोरियाबाट प्राप्त मागअनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको आवश्यकता रहेको छ।

उक्त कोटाअनुसार भाषा परीक्षाका लागि आवेदन अनलाइनमार्फत जुलाई २७, २०२६ देखि अगस्ट २, २०२६ सम्म दिन सकिनेछ।

आवेदन दिन इच्छुक उम्मेदवारले १८ वर्ष पूरा गरी ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, कुनै पनि फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसोबास गरी फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको तथा कोरियामा ई-९ वा ई-१० भिसामा ५ वर्ष वा सोभन्दा बढी अवधि नबसेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

परीक्षा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजा प्रकाशित भएपछि मात्र दोस्रो चरणको परीक्षा लिइनेछ। परीक्षामा सहभागी हुन २८ अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ।

अन्तिम चरणमा सफल भएका उम्मेदवारहरूको नतिजा दुई वर्षसम्म वैध रहनेछ। यद्यपि, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु मात्रै कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको विभागले स्पष्ट पारेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्