काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन् ।
मंगलबार वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा अनुगमनको क्रममा बोल्दै उनले नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रक्रियाका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने बताएका हुन् ।
उनले भने, ‘वैदेशिक रोजगारको क्षेत्रलाई सुधार गर्नको लागि ऐन संशोधन गर्दैछौँ । चाडै नै संसद र क्याविनेट लगेर ऐनलाई संशोधन गर्दै नयाँ एउटा युगको सुरुवात गर्छौँ । त्यसमा एभ्रिथिङ डिजिटलाइज हुन्छ । म्यानपावरमा आवेदन दिनको लागि काठमाडौँ आउन परेन ।’
मन्त्री यादवले वैदेशिक रोजगारको नाममा ठगी गर्नेहरूलाई कडा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभागका अनुसन्धान संयन्त्रको समन्वयमा जहाँसुकै लुकेर बसे पनि कानुनी दायरामा ल्याइने बताए ।
उनले भने, ‘डिजिटलाइजेसन युगको सुरुवात भएको छ । मान्छे ठग्नेहरुलाई पनि पनि चेताउनी दिन चाहन्छु–जहाँ लुकेर वसेपनि कारवाहीमा पर्नुहुन्छ ।’
मन्त्री यादवका अनुसार हाल विद्यमान कानुनी व्यवस्थाअनुसार डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको भए पनि त्यसलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधनको तयारी भइरहेको छ ।
उनले मन्त्रिपरिषद्बाट पारित भएपछि संशोधन विधेयक संसद्मा पेश गरिने र त्यसपछि थप आधुनिक तथा पूर्ण डिजिटल प्रणाली लागू गरिने बताए ।
उनले नयाँ प्रणालीमार्फत वैदेशिक रोजगारका अधिकांश सेवा अनलाइनबाट उपलब्ध गराइने बताए ।







Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्