हुनानमा सम्पन्न ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल’२०२६ मा उत्कृष्ट ६ नेपाली चलचित्रहरुलाई अवार्ड
काठमाडौं । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ औँ वार्षिकोत्सवको अवसरमा चीनको हुनान प्रान्तमा आयोजित ‘२०२६ नेपाल एभरेष्ट फिल्म फेस्टिभल’ अन्तर्गत प्रदर्शन गरिएका नेपाली चलचित्रहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक समारोहकाबीच ‘उज्यालो र छायाँ मिल्छन्, पहाडहरू एकसाथ चम्कन्छन्’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा प्रदर्शन भएका ‘कबड्डी ४’, ‘छक्का पञ्जा ५’, ‘महाजात्रा’, ‘एन्जिला’, ‘तेल भिसा’ र ‘होस्टेल ३’ चलचित्रलाई अवार्ड प्रदान गरिएको हो।
महोत्सव चीनमा नेपाली चलचित्रहरूको पहिलो ठूलो स्तरको आधिकारिक प्रदर्शनका रूपमा आयोजना गरिएको थियो। यसले नेपाली चलचित्र उद्योगलाई चिनियाँ दर्शकमाझ परिचित गराउनुका साथै नेपालको हिमाली सौन्दर्य, संस्कृति र मानवीय कथालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
महोत्सव अप्रिल १४ देखि १९ सम्म सञ्चालन भएको थियो।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्