बैंकक । संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुगेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र पियानो (एल्इ) को संयुक्त आयोजनामा ‘मिट एण्ड ग्रीट’, कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली रहनुभएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए थाइल्याण्ड, थाइ नेपाली संघ, मगर गुरुङ संघ, तामाङ संघ, नेवारी संघ, किराँत संघ लगायत थाइल्याण्डस्थित विभिन्न नेपाली संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी तथा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य पियानोका संयोजक कुमार कार्कीले राखेका थिए । त्यसपछि एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष तथा एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय उपसंयोजक भबिन्द्र बस्नेतले पियानो तथा एनआरएनए थाइल्याण्डको स्थापना, उद्देश्य, गतिविधि र प्रवासी नेपाली समुदायमा पुर्याउँदै आएको योगदानबारे प्रकाश पारेका थिए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो मन्तव्यमा संगठित अपराध नियन्त्रण, सीमा पार हुने अपराध न्यूनीकरण, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य तथा नेपाल प्रहरीले अवलम्बन गरिरहेको आधुनिक सुरक्षा रणनीतिबारे जानकारी गराउँदै नेपाल र थाइल्याण्डबीच सुरक्षा संयन्त्रको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष सञ्जय ढकाल र थाइ–नेपाली संघका वरिष्ठ उपाध्यक्ष विनोद लामिछानेले अतिथि तथा सहभागीहरूको स्वागत गरेका थिए । त्यस्तै, एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष खगेन्द्र ढकालले थाइल्याण्डलाई ट्रान्जिट बनाएर हुने मानव तस्करी तथा अन्य अन्तरदेशीय अपराध नियन्त्रणका लागि नेपाल र थाइल्याण्डका सम्बन्धित निकायबीच थप समन्वय र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।






Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्