Skip to content

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबारका दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द

nmb bank inside

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ।

सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२ औँ बुँदामा सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख गरिएको थियो। सोही निर्णयअनुसार नेपालमा सञ्चालित त्यस्ता वेबसाइट बन्द गरिएको भए पनि नयाँ नाममा खुल्ने क्रम जारी रहेको छ।

फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला बेटिङ एपको प्रयोग बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै टाक्स फोर्स गठन गरी कारबाही अगाडि बढाएको हो।

टाक्स फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिएको हो। अधिकार प्राप्त विभिन्न संस्था तथा निकायले पहिचान गरेका वेबसाइटहरूलाई आईएसपीसँगको सहकार्यमा बन्द गर्ने गरिएको छ।

एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुल्ने चुनौती रहेकाले नयाँ खुल्ने साइटहरूलाई ‘थ्रेड इन्टेलिजेन्स टुल’ प्रयोग गरी ‘हन्टिङ’ गर्दै बन्द गर्ने गरिएको र यसका लागि छुट्टै जनशक्ति समेत व्यवस्था गरिएको उहाँले जानकारी दिए । साथै, कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे जानकारी भए ृनष्तजगद।अयmरल्त्ब्(इएःे९जततउकस्ररनष्तजगद।अयmरल्त्ब्(इएः० लिङ्क मार्फत अपडेट गराउन सकिने पनि प्राधिकरणले अनुरोध गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्