Skip to content

शुक्रबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले घटेको हो।

यो गिरावटसँगै आज सुन प्रतितोला दुई लाख ८५ हजार ५००  रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन बिहिबार सुन प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३५० कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५०५ मा कारोबार भएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्