Skip to content

काठमाडौं उपत्यकामा २४ घण्टामा १,१५१ सवारी चालक कारबाहीमा, तीव्र गति र मापसेका घटना उच्च

nmb bank inside

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ वटा सवारी साधन तथा चालकलाई कारबाही गरेको जनाएको छ।

कार्यालयका अनुसार मितिसाउन ९ गते बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै अन्य विभिन्न ट्राफिक कसुरमा ७३७ जना कारबाहीमा परेका छन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८७ जना तथा लेन अनुशासन उल्लंघन गर्ने ८७ जनालाई पनि कारबाही गरिएको छ।

यसैगरी, एकतर्फी (वन–वे) नियम उल्लंघन गर्ने ३४ जना, रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने ३२ जना, हर्नको दुरुपयोग गर्ने ३३ जना, अवस्था ठीक नभएका २१ वटा सवारी तथा यान्त्रिक कारणले ७ वटा सवारी साधनमाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित रूपमा निगरानी र कारबाही अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै सबै चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्