काठमाडौं । नेपाली सांगीतिक बजारमा यतिबेला नयाँ गीत गायक सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ नामक बोलको गीतले चर्चा बटुल्न थालेको छ ।
गायक तथा संगीतकार एनिस एन्जल राईको शब्द संगीतमा तयार भएको गीत गायक सुनिल थापा मगरको आवाज छ । गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
प्रेम, समन्वय र भावनात्मक उत्तर–चढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले छोटो समयमै सामाजिक सञ्जालमा चर्चा कमाउन सफल भएको छ ।
गीतका शब्द एनिश एन्जल राईले रचना गरेका हुन भने संगीतकारको रुपमा पनि राईले नै भुमिका गरेका छन् । साथै गीतलाई राजु कार्कीले संगीत संयोजनको भूमिका रहेको छ ।
गायक मगरको आवाजमा तयार भएको यो प्रेमिल ‘सोल्टिनी सेवारो’ बोलको गीतले बिशेष भाका ठाउँ समुदाय र माया प्रेम र स्पर्स शैलीलाई समेट्दै नयाँ स्वाद प्रस्तुत गरेका छ।
तसर्थ गीत अझ थप उचाइमा पुर्याउन गीतको रेकर्डिङमा विप्लव अधिकारीले ड्रिम्स् रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन् भने गीतमा मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी प्रकाश केसीले सम्हालेका छन् ।
“सोल्टिनी सेवारो” विशेषगरि राई–लिम्बू समुदायको रितिरिवाजलाई विशेष मुल आधारमा तयार पारिएको शब्द,,संगीतमा देख्न पाइन्छ भने भिडियोको कथामा पनि झल्किन्छ ।
गीतले प्रेम र समन्ध कथा मात्र नभई समकालीन युवा पुस्ताको भावनालाई समेत समेटेको छ ।
गीत मकवानपुर जिल्लाको केही रमणीय ठाउँहरुमा विशेष छायांकन गरिएको हो । भिडियोमा गायक मगर आफैले अभिनय गरेका छन् भने नायिका रेबिका मगरले साथ दिएकी छन् ।
भुपेन्द्र रिखाम मगरले नृत्य निर्देशन गरेको भिडियोमा क्यामेरा ड्रोनमा सन्जोक श्रेष्ठको भूमिका देख्न सकिन्छ । श्रृङ्गारमा प्रिया मगरले भुमिका निर्बाह गरेका छन भने भिडियोलाई एकान्त मगरले निर्देशन तथा करेक्सन साथै कलरको विशेष भुमिका खेलेको देख्न पाइन्छ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्