Skip to content

सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

nmb bank inside

काठमाडौँ । नेपाली  बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

यो बढोत्तरी सँगै आज सुन प्रतितोला दुई लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्