काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवद्र्धन गरेको छ । बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा उपलब्ध गराएर घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको छ ।
बैंकका अनुसार नबिल हाउजिङ लोनमार्फत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी अन्य आवश्यकताका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकता र वित्तीय क्षमतालाई ध्यानमा राखेर कर्जा योजना तयार गरिएको बैंकले जनाएको छ ।
बैंकले घर स्वामित्वको योजना बनाइरहेका व्यक्तिहरूलाई सहज र व्यवस्थित वित्तीय समाधान प्रदान गर्ने उद्देश्यका साथ उक्त कर्जा सुविधा उपलब्ध गराएको बताएको छ । यस योजनाअन्तर्गत कर्जाको रकम, भुक्तानी अवधि तथा अन्य सुविधाबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ ।
नबिल बैंकले आवास कर्जा सम्बन्धी थप जानकारी आवश्यक परे ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ । बैंकका अनुसार ग्राहकहरूले कर्जा प्रक्रिया, योग्यता तथा आवश्यक कागजातबारे जानकारी ग्राहक सेवा केन्द्रबाट प्राप्त गर्न सक्नेछन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्