Skip to content

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

nmb bank inside

काठमाडौं । महाबुद्ध महाविहार शाक्य गुठीको संयोजकत्व तथा महाबौद्ध टोल विकास तथा व्यवस्थापन समितिको आयोजनामा गुरु पूर्णिमाका अवसरमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको महाबुद्ध महाविहारमा विशेष पञ्चदान कार्यक्रम तथा दीपंकर तथागत बुद्धको शोभायात्रा गरिएको छ ।

महाबुद्ध महाविहार शाक्य गुठीद्वारा काठमाडौं उपत्यकाका विभिन्न महाविहार (बहाः–बही) मा रहेका ८५ जना श्रद्धेय शाक्य स्थविर तथा थायपाज्युहरूलाई पञ्चदान ग्रहण गरिएको हो । 

कार्यक्रममा दीपंकर तथागत बुद्ध तथा जीवित देवता श्री गणेश र श्री भैरवलाई विराजमान गराई शान्ति, स्वस्ति र जनकल्याणको कामनासहित पञ्चदान अर्पण गरिएको हो ।

बिहान ८ बजे पञ्चदान कार्यक्रम सुरु भएको थियो भने अपराह्न १२ः३० बजे दीपंकर तथागत बुद्धको शोभायात्रा निकालिने आयोजकले जनाएको छ ।

शोभायात्रा महाबौद्धबाट सुरु भई असन, त्यौड, इनबहाल, कमलाक्षी, भोटाहिटी हुँदै असन डबलीमा पुगेर सम्पन्न हुनेछ ।

महाबुद्ध महाविहार शाक्य गुठीका अध्यक्ष रत्न शाक्यले गुरु पूर्णिमाका अवसरमा आयोजना हुने यस धार्मिक तथा सांस्कृतिक कार्यक्रमले बुद्ध धर्म, दान परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्