सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले हिंसा, अशान्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि त्यागेर समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने बताएका छन् ।
मधेशवासीलाई सम्बोधन गर्दै सांसद सिंहले पटकपटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशमा अशान्ति मात्र निम्त्याएको नभई विकासको गतिलाई करिब १० वर्ष पछाडि धकेलेको बताएका छन् ।
उनका अनुसार यस्ता गतिविधिले सार्वजनिक तथा भौतिक संरचनामा क्षति पु¥याउने, शैक्षिक सत्र प्रभावित गर्ने, व्यापार व्यवसाय ठप्प पार्ने र समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने गरेको छ ।
यसको प्रत्यक्ष असर अन्ततः मधेशकै विकास र समृद्धिमा पर्ने उनले उल्लेख गरेका छन् । ‘अब मधेशले हिंसा र अशान्तिको बाटो छाडेर विकासको एजेन्डामा केन्द्रित हुनुपर्ने समय आएको छ,’ सांसद सिंहले भनेका छन् ।
उनले मधेशको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवाको रोजगारीलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सबै जातजाति, धर्म, समुदाय र वर्ग एक ढिक्का भएर मधेशको समुन्नत विकासका लागि काम गर्नुपर्ने उनको भनाइ छ । सांसद सिंहले मधेशवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई समाजमा शान्ति र सद्भाव बिगार्ने उद्देश्यले सक्रिय असामाजिक तत्वको पछि नलाग्न पनि आग्रह गरेका छन् ।
समाजमा एकताबद्ध रूपमा बसिरहेका समुदायबीच विभाजन, द्वन्द्व र अविश्वास फैलाउने व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरूलाई मधेशको विकासविरोधीका रूपमा बुझ्नुपर्ने उनले बताएका छन् ।
यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई समाजले अस्वीकार गर्दै शान्ति, सद्भाव र विकासको पक्षमा दृढतापूर्वक उभिनुपर्ने सांसद सिंहको अपिल छ ।
उनले अब मधेशको भविष्य आन्दोलन, हिंसा र अशान्तिमा नभई शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार तथा दिगो विकासमा खोज्नुपर्ने उल्लेख गर्दै समृद्ध मधेश निर्माणका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्