काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् ।उनीहरुले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले आइतबार (साउन १३ गते) एक अपिल जारी गर्दै लामो समयदेखि उठाइँदै आएका मागप्रति व्यवस्थापन पक्ष उदासीन रहेको आरोप लगाएको छ।
समितिका अनुसार २०७७ सालदेखि विभिन्न चरणमा ९ बुँदे माग राख्दै आए पनि हालसम्म कार्यान्वयन नभएको र पटक–पटकको प्रतिबद्धता पनि पूरा नगरिएको जनाइएको छ। कर्मचारीहरूले रोजगारी असुरक्षा, न्यून पारिश्रमिक, सेवा–सुविधाको अभाव तथा असुरक्षित कार्य वातावरणका कारण समस्या झेल्नु परेको भन्दै गुनासो गरिरहेका छन् । समितिले तय गरेका कार्यक्रम र मितिहरू तल उल्लेख गरिएको छ :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्