मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि यो सेवा सञ्चालन हुनु नयाँ युगको सुरुवात बनेको हो ।
यसअघि सामान्य फोन गर्नका लागि समेत स्थानीयवासी करिब एक घण्टा उकालो हिँडेर डाँडामा पुग्नुपर्ने बाध्यता थियो । आफन्तसँग सम्पर्क गर्न, अत्यावश्यक सूचना आदान–प्रदान गर्न तथा अनलाइन सेवा लिन ठूलो सास्ती व्यहोर्दै आएका स्थानीयका लागि फोरजी टावर सञ्चालनसँगै सो कठिनाइ अन्त्य भएको स्थानीय राजेश बढुवालले बताए ।
टावर सञ्चालनमा आएसँगै अब बाम गाउँ प्रत्यक्ष रूपमा विश्वसँग जोडिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा उपलब्ध भएसँगै स्थानीय विद्यार्थीहरूलाई अनलाइन अध्ययन गर्न, सर्वसाधारणलाई सरकारी तथा डिजिटल सेवा लिन र पर्यटन, व्यवसाय एवं आपतकालीन अवस्थामा सञ्चार गर्न सहज हुनेछ ।
दुर्गम बस्तीका नागरिकका लागि यो सेवा विस्तार विकासको एक महत्वपूर्ण खुड्किलो साबित भएको नेपाल टेलिकमका प्राबिधिक प्रेम बहादुर रोकायाले बताए ।
यस ऐतिहासिक उपलब्धिका लागि निरन्तर पहल, समन्वय र सहयोग गर्ने अनिल बानियाँ, नेपाल टेलिकमको प्राविधिक टोली, जनप्रतिनिधि तथा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीप्रति गाउँलेले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
सञ्चार सेवा पुगेसँगै बाम गाउँ अब अन्धकार र एक्लोपनबाट विश्वसँगको सीधा सम्पर्कतर्फ अघि बढेको स्थानीयको भनाइ रहेको छ ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्