Skip to content

गायिका आगन्तुक खरेलले खोलिन् ‘प्रीटि सलून’, अन्तर्राष्ट्रियस्तरको सेवा दिने उद्घोष

nmb bank inside

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलून’ ले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा प्रारम्भ गरेको छ । 

काठमाडौं महानगरिपालिका वडा नम्बर ३१, शंखमुलस्थित बागमती नदीको पुलको छेउमा गायिका आगन्तुक खरेलको उक्त सलून सञ्चालनमा ल्याएकी हुन् । 

सांगीतिक क्षेत्रका विभिन्न सेलिब्रेटीमाझ आइतबार गायिका खरेलकी सुपुत्री आँचल पुनले रिबन काट्दै उक्त सलूनको औपचारिक उद्घाटन गरेकी हुन् । 

रिबन काटेलगत्तै गायिका खरेलसहितका सेलिब्रेटीहरुले केक काटेर सलूनको उद्घाटन समारोहलाई थप भव्य बनाएका थिए । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको तेस्रो तलामा सञ्चालनमा आएको सलूनले महिलाहरूका लागि आवश्यक सम्पूर्ण सौन्दर्य सेवा एउटै स्थानबाट उपलब्ध गराइरहेको जगाकिया खरेलको भनाइ छ । 

सलूनकी सञ्चालिका गायिका खरेलका अनुसार प्रीटि सलुनको प्रमुख विशेषता गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत प्रत्येक ग्राहकको व्यक्तिगत आवश्यकता अनुसार सेवा प्रदान गर्नु हो । 

उनका अनुसार सलूनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट, ब्राइडल मेकओभरलगायतका विभिन्न ब्युटी सेवासँगै अत्याधुनिक स्किन केयर सेवा पनि उपलब्ध छ । 

छालासम्बन्धी समस्याको पहिचानका लागि अनुभवी चिकित्सकको परामर्शसमेत उपलब्ध गराइने र त्यसअनुसार आवश्यक उपचार तथा सेवा प्रदान गरिने व्यवस्था गरिएको उनले जानकारी दिएकी छिन् ।

प्रीटि सलूनमा हाइड्रा फेशियल, लेजर ट्रीटमेन्ट लगायतका आधुनिक स्किन केयर प्रविधिमा आधारित सेवा सञ्चालनमा छन् । साथै, अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय स्किन केयर ब्रान्डका उत्पादन प्रयोग गरिने भएकाले ग्राहकलाई सुरक्षित, प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्न सफल भएको सञ्चालक खरेलको दावी छ ।

आबुधानीको ११ वर्षको अनुभवलाई नेपालमा विस्तार गर्दै नेपाली ग्राहकलाई विश्वस्तरीय सौन्दर्य तथा स्किन केयर सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाडौंमा प्रीटि सलून सञ्चालनमा ल्याइएको सञ्चालक गायिका खरेलले बताइन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्