Skip to content

अब बत्ती जाने-आउने सूचना सिधै मोबाइलमा, प्राधिकरणले सुरु गर्‍यो अनलाइन KYC सेवा

nmb bank inside

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले अब ग्राहकलाई आफ्नो क्षेत्रमा कहिले विद्युत् जाने र कहिले आउने भन्ने जानकारी सिधै उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले यसका लागि ग्राहकहरूको विवरण अद्यावधिक (KYC) गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ।

ग्राहकको अद्यावधिक विवरण अभावमा सूचना प्रवाहमा समस्या भएपछि प्राधिकरणले अनलाइनमार्फत KYC भर्ने सुविधा सुरु गरेको हो। अब सेवाग्राहीहरूले घरमै बसेर https://kyc.nea.org.np पोर्टलमार्फत आफ्नो विवरण सजिलै अद्यावधिक गर्न सक्नेछन्।

प्राधिकरणका अनुसार, KYC प्रणाली लागू भएसँगै ग्राहकहरूले विद्युत् आपूर्ति सम्बन्धी सूचना समयमै प्राप्त गर्नेछन्। सेवा पूर्ण रूपमा अनलाइन बनाइएकाले ग्राहकहरूले अब महसुल केन्द्र वा कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्ने प्राधिकरणले स्पष्ट पारेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्