काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ विषयमा छलफल भएको छ ।
छलफल क्रममा सांसद रञ्जु दर्शनाले बजारमा देखिएको एलपी ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेकी छन् ।
उनले स्थानीय ग्यास डिलरहरूमा ग्यास अभावका कारण अधिकांश पसल बन्द रहेको र उपभोक्ताहरू सिलिन्डर बोकेर ग्यास खोज्न बाध्य भएको बताइन् ।
उनले भनिन्, ‘लोकल ग्यास पसलहरू सटर लागेका छन् । उपभोक्ताहरू ग्यासको सिलिन्डर बोकेर हिडिरहेका छन् । ग्यासको हाहाकार छैन भन्ने कुरा अरू देशमा होला तर यहाँ होइन । ग्यासको हाहाकार छ ।’
उनले बारम्बार एउटै समस्या दोहोरिनु आपूर्ति तथा व्यवस्थापनमा कमजोरी रहेको बताइन् ।
उनले भनिन्, ‘बारम्बार यही कुरा दोहोरिरहनु भनेको राम्रो व्यवस्थापन नभएर हो ।’
यसैगरी, बैठमा उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले बजारमा एलपी ग्यासको आपूर्ति पर्याप्त भए पनि उपभोक्ताको घरसम्म पुग्दा सिलिन्डर होल्ड राखेको हुनाले समस्या देखिएको बताए ।
अन्सारीले भारतबाट पर्याप्त मात्रामा एलपी ग्यास आपूर्ति भइरहे पनि सिलिन्डरको ट्र्याकिङ र व्यवस्थापन प्रभावकारी नभएको बताए । उनले १७ दिनअघि नै सबै ग्यास सिलिन्डरको म्यापिङ गर्न निर्देशन दिइएको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै सम्बन्धित निकायसँग असन्तुष्टि जनाए ।
उनले भने, ‘भारतबाट ग्यास पर्याप्त मात्रमा सप्लाई भइरहेको छ । ग्यास बजारमा पठाइरहेको छ । तर सिलिन्डर घर घरमा राखिएको रहेको अवस्था छ ।’
आफूहरू कार्यकारी नभई विधायिका भूमिकामा रहेको बताउदै उनले सरकार र सम्बन्धित निकायले निर्देशनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । साथै, उनले देशभर रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको यथार्थ विवरण राज्यसँग व्यवस्थित रूपमा अभिलेख हुनुपर्नेमा जोड दिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्