Skip to content

सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट ट¥यो : सांसद खरेल

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले सुनसरी र सिरहामा विकसित घटनाका क्रममा सरकार, संसद् र राजनीतिक दलहरूले देखाएको समन्वयका कारण देशले सम्भावित ठूलो संकटबाट मुक्ति पाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले नेपालले विगतदेखि नै राष्ट्रिय संकटका बेला एकजुट भएर सामना गर्ने परम्परा कायम राख्दै आएको बताए । 

‘मुलुक जब सङ्कटमा आउँछ, त्यस्तोबेला नेपालको इतिहासदेखि सबै एक ठाउँमा आउँछौँ र त्यसको सामना गर्छौं । यस पटक सुनसरी–सिरहाको घटनामा सो देखियो,’ उनले भने, ‘सरकारले राम्रोसँग सोधबुझ र व्यवस्थापन गर्यो र सभामुख ज्यूले त्यही अनुसारको निर्देशन दिनुभयो । विपक्ष दलहरूले पनि देश र जनतालाई नै केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुभयो ।’ 

उनले पछिल्लो घटनामा पनि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गरेको बताए ।

खरेलले सरकारले घटनाको प्रभावकारी रूपमा जानकारी संकलन, समन्वय र व्यवस्थापन गरेको तथा सभामुखले पनि आवश्यक निर्देशन दिएको बताए । 

विपक्षी दलहरूले समेत राजनीतिक स्वार्थभन्दा देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भूमिका खेलेको उनले बताए । 

उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष सफल भएको बताउँदै उनले भविष्यमा पनि यस्तै राष्ट्रिय एकता आवश्यक रहने बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्