Skip to content

अबदेखि अनलाइनबाटै ई-सिम लिन सकिने

nmb bank inside

काठमाडौं । अबदेखि ई-सिम अनलाइनबाटै लिन सकिने भएको छ । नेपाल सरकार, सञ्चार तथा  सूचना प्रविधि मन्त्रालयले अबदेखि ई-सिम सेवा अनलाइनबाटै प्राप्त गर्न सकिने व्यवस्था सुरु गरेको जनाएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार ग्राहकहरूले अब नेपाल टेलिकमको eSIM का लागि घरमै बसेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । साथै, नयाँ भौतिक सिम कार्ड (Physical SIM) का लागि समेत अनलाइन आवेदन दिई नजिकैको टेलिकम सेवा केन्द्रबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यस व्यवस्थाले सेवाग्राहीलाई लाइन बस्ने झन्झटबाट मुक्त गर्दै सेवा सहज र छिटो बनाउने अपेक्षा गरिएको छ। विशेषगरी डिजिटल सेवाको विस्तार र प्रविधिमैत्री सेवातर्फको कदमका रूपमा यसलाई हेरिएको छ।

मन्त्रालयका अनुसार यो प्रणाली लागू भएपछि ग्राहकले समय र लागत दुबै बचत गर्न सक्नेछन् भने सेवा प्रवाह पनि थप प्रभावकारी हुने विश्वास गरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्