काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अबदेखि कालो चस्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्ने उद्देश्यले कालो चस्मा लगाएर संसदमा उपस्थित नहुन सांसदहरुलाई निर्देशन दिएका हुन्।
कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै सभामुख अर्यालले सांसदहरूलाई बैठकमा उपस्थित हुँदा कालो चस्मा नलगाउन स्पष्ट निर्देशन दिएका छन्।
सभामुखले यससँगै प्रतिनिधि सभा बैठकमा अनिवार्य रूपमा तोकिएको ड्रेसकोड पालना गर्नुपर्ने पनि बताएका छन्। बैठक चलिरहेको समयमा अत्यावश्यकबाहेक बाहिर जान नपाइने व्यवस्था बारे समेत उनले सांसदहरूलाई जानकारी गराएका छन्।
सभामुखको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘अबदेखि संसदमा कालो चस्मा लगाएर जान पाइने छैन। अनिवार्य रूपमा ड्रेसकोड प्रयोग गर्नुपर्नेछ। अमर्यादित ढंगले उपस्थित भए सभामुखले बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ।’
यस्तै, सभामुख अर्यालले सांसदहरूलाई बैठकमा सहभागी हुँदा तोकिएको पोशाकसँगै आधिकारिक लोगोसमेत अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्