युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक
काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ।
बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
पार्थिव शरीर देखेपछि परिवारका सदस्य र आफन्तहरू भावुक बनेका थिए भने विमानस्थलको वातावरण शोकमय बनेको छ ।
गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि परिवारको जिम्मा लगाइएको छ।
वरिष्ठ नेपाली पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए)को समन्वयमा पार्थिव शरीर स्वदेश ल्याउने सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो।





Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्