स्कूलको तरकारी (तस्विरसहित)
तस्विरहरू : नेपाल न्यूज बैंक
काठमाडौं । काठमाडौं बुढानीलकण्ठ स्कुलले एउटा फरक अभियान संचालन गरिरहेको छ । ‘लर्निङ एण्ड अर्निङ विथ फन’ भन्ने नाराका साथ ‘नलेज पार्क’ स्थापना गरेर सुरु गरिएको उक्त अभियान ताजा तरकारी उत्पादनमा केन्द्रीत छ ।
स्कुलले ‘सिक्दै–सिकाउँदै, रमाउँदै–कमाउँदै’ उद्देश्यका साथ ‘बुढानीलकण्ठ स्कुल बागवानी फार्म’ सञ्चालन गरेर ताजा तरकारी उत्पादन गर्दै आइरहेको हो ।
स्कुलले विद्यार्थीलाई कृषिमा संलग्न गराउँदै उनीहरूले उत्पादन गरेका तरकारीलाई उनीहरूको खानामा प्रयोग गरिएको छ ।
आवासीय विद्यालय भएकाले विद्यार्थीहरूले उत्पादन गरेको तरकारी अधिकांश विद्यार्थीकै लागि प्रयोग हुन्छ । बाँकी रहेको तरकारी होलसेलरमार्फत बिक्री गर्ने गरिएको छ ।
विद्यार्थीहरूले दैनिक एक घण्टा तरकारी खेतीमा समय दिने गरेका छन् । शनिबार लगायतका सार्वजनिक बिदामा भने त्योभन्दा बढी समय बिताउने गरेको विद्यालयले जनाएको छ ।
उक्त स्कुलमा लोकल काक्रो एक केजीको १०० रुपैयाँ रहेको छ भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि काक्रो(लोकल) न्युनतम ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
तितो करेला एक केजीको ८० रुपैयाँमा बेच्छ भने कालीमाटीले तितो करेला (के.जी.) को न्यूनतम ४० रुपैयाँमा बेच्छ ।
फर्सिको मुन्टा एक केजीको १५० रुपैयाँमा बुढानीलकण्ठ स्कुलले बेच्ने गर्छ । कालीमाटीमा टमाटर ६० रुपैयाँमा कारोवार भइरहेको छ भने बुढानीलकण्ठ स्कुलले २५ रुपैयाँमा कारोवार गर्ने गर्छ । विशेषगरी स्कुलले स्थानीय र अभिभावकहरुलाई तरकारी विक्री गर्दै आइरहेको छ ।













Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्