काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चस्तरीय व्यक्तिहरूसँग सम्बन्धित केही व्यक्तिको सम्पत्ति छानबिन अघि बढाएको छ। आयोगले भानु देउवा र गंगा दाहाल को सम्पत्ति सम्बन्धी अनुसन्धान औपचारिक रूपमा सुरु गरेको स्रोतले जनाएको हो ।
भानु देउवा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा का निकट सम्बन्धी हुन् भने गंगा दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिवका रूपमा कार्यरत छन्।
आयोगमा दुवै व्यक्तिविरुद्ध परेका उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताइएको छ। स्रोतका अनुसार भानु देउवासँग सम्पत्तिको विस्तृत विवरण संकलनका लागि आवश्यक फारम भराइसकिएको छ र त्यसको अध्ययन भइरहेको छ।
यस्तै, गंगा दाहालसँगै उनका पति तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री जीवन आचार्य को सम्पत्तिको समेत छानबिन अघि बढाइएको छ।
यसअघि नै अख्तियारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली का स्वकीय सचिव राजेश बज्राचार्य को सम्पत्ति अनुसन्धान प्रक्रिया पनि सुरु गरिसकेको थियो।
अख्तियारले पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरूसँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति छानबिनलाई तीव्रता दिएको देखिन्छ। आयोगले प्राप्त उजुरी तथा प्रारम्भिक तथ्यका आधारमा अनुसन्धान अघि बढाउँदै आएको जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्