Skip to content

स्मार्टसेल घोटला : एनसेलका ९ जनाविरुद्ध पक्राउ पुर्जी

nmb bank inside

काठमाडौँ। करिब ३५ अर्ब रुपैयाँको स्मार्टसेल घोटला प्रकरणमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले एनसेलका अध्यक्ष सतिशलाल आचार्य र सीईओ माइल फोले सहित ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत काठमाडौँले भुपेन्द्र भण्डारीसहित १६ जनालाई पक्राउ अनुमति दिएको हो।

अनुसन्धान सुरू हुनासाथ आचार्य र फोले नेपाल बाहिरिएका छन् भने भण्डारी पक्राउ परिसकेका छन्। अन्य आरोपितहरू फरार छन्।

सीआइबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का अध्यक्ष पृथ्वीबहादुर पाण्डे सहित ६ सञ्चालकको बैंक खाता रोक्का गरेको छ।

प्रकरणमा स्मार्टसेलको सम्पत्ति लिलामी प्रक्रिया नै कानुनविपरीत भएको खुलासा भएको छ। नियम अनुसार दूरसञ्चार सेवा प्रदायक तथा लगानीकर्ताले लिलामीमा भाग लिन नपाउने व्यवस्था हुँदाहुँदै एनसेललाई सहभागी गराइएको देखिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण का अनुसार स्मार्टसेलको लाइसेन्स २०८० वैशाखदेखि नै रद्द भई सम्पत्ति सरकारको स्वामित्वमा गएको थियो। त्यसपछि भएको लिलामी प्रक्रिया गैरकानुनी भएको प्राधिकरणले जनाएको छ।

अनुसन्धानका क्रममा एनसेलले समेत लिलामी गैरकानुनी भएको स्वीकार गर्दै बैंकसँग रकम फिर्ता मागेको पत्र सार्वजनिक भएको छ।

यो प्रकरणमा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको भन्दै उच्चस्तरीय संलग्नता र सेटिङको आशंका गरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्