जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गरेर निर्दोषलाई फसाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् ।
गत साउन २ गते मिटरब्याज तथा ठगी आरोपमा पक्राउ गरिएका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहका आफन्तहरुले बिहीबार जनकपुरधामको जिल्ला अदालत अगाडि विरोध प्रदर्शन एवम नाराबाजी गरे ।
रेखा साहका छोरा जयरामले पूर्वएसएसपी गोविन्दले आफ्नो पहिचान र दम्भ देखाउन खोजेको आरोप लगाए ।
पूर्वएसएसपी गोविन्दले पाँच वर्षअघि आफैं बेचेको जमिन फेरि फिर्ता पाउने प्रयासमा मिटरब्याजीको आरोप लगाएर आफ्नो आमासहित नातेदारहरुलाई थुनामा पठाएको जयरामले बताए ।
उनका अनुसार बेचिएको जग्गा आफूहरुले प्रक्रिया पुगाएर खरिद गरेको जसमा पूर्व एसएसपी गोविन्द साहको श्रीमती र छोराको पनि मन्जुरी सनाखतसहितको कागज आफूसंग सुरक्षित रहेको छ ।
पाँच वर्ष अघि विक्री गरेको जमिनबाट मूल सडक निस्केपछि बाँकी जमिनको दाम बढेकाले पाँच वर्ष पछि सो जमिनमा फेरि दाबी गर्न मिटरब्याजी र ठगी मुद्यामा आफ्नो आमालाई फसाएको जयरामको भनाई छ ।
उनका अनुसार एसएसपी जस्तो व्यक्तिले बिना पढेर पक्कै पनि कुनै कागजमा हस्ताक्षर गरे होलान भन्ने आफंै सोच्नुपर्ने कुरो हो । जयरामले अदालतको सम्मान गर्दै न्यायको अपेक्षा गरेको बताए । उनले २५ दिन भइसक्दा पनि जबरजस्ती म्याद थप गरेर थुनामा राख्न लगाएकोप्रति आपत्ति जनाए ।
जयरामले अदालत बाहिर रहेर कानुनी प्रक्रिया पूरा गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् ।
गत बैशाख २०७९ सालमा पूर्वएसएसपी गोविन्दले चुनाव लड्ने भनेर आफ्नो जग्गा रेखा साहलाई राखेर कागज बनाई ९९ लाख रुपैयाँ ऋण लिएको बताउँदै आएका छन् ।
उनले पछि ऋणको रकम चुक्ता गरी जमिन फिर्ता गराउन जाँदा आफ्नो जमिन अर्कैको नाममा पास भइसकेको थाहा पाएपछि आफूले मिटरब्याजी तथा ठगी मुद्दा दिएको केही दिन अघि पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए ।






Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्