Skip to content

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

nmb bank inside

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने भ्याक्सिन तथा इम्युनोग्लोबुलिन टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल एन्टिस्नेक भेनम सिरम बिहीबार साँझ ५ बजे केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको हो ।

यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन पनि केन्द्रीय स्टोरमा आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त सामग्री सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ । 

सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक भ्याक्सिन तथा इम्युनोग्लोबुलिन प्राप्त भएसँगै देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्