काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमल नरहेको बताएका छन् ।
शनिबार दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिता २०८३ मा सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर गरेको अवस्थामा यसबारे अन्योलमा पर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
उनले विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको र उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर नगरेको उल्लेख गरे ।
‘नेपाली कांग्रेसको सभापति को हो भनेर अलमलिनुपर्ने अवस्था छैन,’ शर्माले भने, ‘आवेगमा आएर यता नेमप्लेट राख्ने, उता नेमप्लेट राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम र विधिभन्दा बाहिरको कुरा हो ।’
उनले खेलको मैदानमा नियम उल्लंघन हुँदा पहेँलो र रातो कार्ड देखाइने उदाहरण दिँदै राजनीतिमा पनि विधि र नियमको पालना हुनुपर्ने बताए ।
‘खेलको मैदानमा जब कसैले गल्ती गर्छ, पहेँलो कार्ड देखाइन्छ । फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ । खेलमा एउटा विधि हुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसको पनि एउटा विधि छ । जसमा महाधिवेशन भयो । विशेष महाधिवेशन पालना गरेर सभापति गगन थापा हुनुभयो ।’
शर्माले राजनीतिलाई पनि खेलको नियमअनुसार सञ्चालन गर्न आग्रह गर्दै विधिभित्र रहेर राजनीतिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्