Skip to content

स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

nmb bank inside

लहान। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन् । 

उनले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको समग्र सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिनुका साथै ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी हुन् ।

पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन लहानमा प्रभावकारी ट्रमा सेवा आवश्यक रहेको उल्लेख गर्दै उनले ट्रमा सेन्टर सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने बताएकी हुन् ।

यसै क्रममा मन्त्री मेहेताले सगरमाथा चौधरी आँखा अस्पताल र महेन्द्र ज्ञानी प्रसूति गृहको समेत निरीक्षण गर्नुभएको छ। उहाँले स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जनशक्ति, पूर्वाधार, उपकरण तथा बिरामीले प्राप्त गरिरहेको सेवाको अवस्थाबारे जानकारी लिएकी थिइन् । 

स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले आवश्यक सुधार तथा व्यवस्थापनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्