काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ।
सोमबार काठमाडौंको माइतीघरमा उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठनले भ्याटसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै अभियान सुरु गरेको हो।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय उपमहासचिव जितराम लामाले उद्योगी तथा व्यवसायीबाट असुल हुन बाँकी डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नउठाउने तर सर्वसाधारणमाथि थप करको भार थोपर्ने सरकारी नीति जनविरोधी भएको बताए।उनले भने, ‘पछिल्लो समय सरकारको रवैया गरिब जनताको पक्षमा छैन । एकातिर असुल हुन बाँकी डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम नउठाउने, अर्कोतिर थप भ्याट लगाएर जनतालाई पीरमाथि पीर थोपर्ने काम भएको छ । त्यो जनविरोधी कदम हो ।’
उनको अनुसार भदौ १ देखि २५ गतेसम्म विभिन्न चरणमा अभियान सञ्चालन हुनेछ। भदौ २४ गतेसम्म माइतीघरमा हस्ताक्षर सङ्कलन गरिनेछ भने भदौ २ गतेदेखि प्रदेश, जिल्ला र स्थानीय तहमा पनि अभियान विस्तार गरिनेछ।
अभियानअन्तर्गत भदौ २० गते स्थानीय तहका कमिटीले स्थानीय सरकारमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। त्यसैगरी, भदौ २५ गते सङ्कलित हस्ताक्षरसहित ऊर्जा मन्त्रालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर अभियान समापन गरिने छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्